बिहीबार, भदौ ११, २०८३

बोतल र जारको पानीको मूल्य सरकारले तोक्यो

काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिस्पर्धाले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन गरिएको जनाएको छ ।

मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार विभिन्न २१ पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो ।

पानी उद्योगको स्थलगत निरीक्षण तथा पानीका जार र बोतलको मूल्य निर्धारण सम्बन्धमा गठन गरिएको कार्यदलले पानी उद्योगले उपलब्ध गराएको सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रबाट चारचार उद्योग नमूनाका लागि छनोट गरेर निरीक्षण गरेको थियो ।

नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको प्रतिजारको मूल्यमा रु दश तथा प्रतिलिटर बोतलको पानीमा रु दुई घटाइएको छ । यसअघि रु साठी मूल्य रहेकामा अधिकतम खुद्रा मूल्य रु ५० तथा प्रतिबोतल रु १८ मूल्य भएको बोतलको मूल्य रु १६ कायम हुनेछ ।

मिश्रका अनुसार पिउने पानीको उत्पादन र बिक्रीवितरण सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोतलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकून् भनेर मूल्य निर्धारण गरिएको हो ।

गत असार २५ गते विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अध्यक्षतामा बसेको बैठकले प्रशोधित पानीका जार तथा बोतलको मूल्य निर्धारण गर्न कार्यशर्तसहित पानी उद्योगको स्थलगत निरीक्षण गर्न पाँच सदस्यीय कार्यदल समिति गठन गरेको थियो ।

उक्त समितिमा सदस्यका रुपमा खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एशोसिएशनका महासचिव धुव्रबहादुर गौतम र विभागका अनुगमन अधिकृत ध्रुव खनाललाई राखिएको थियो ।

प्रशोधित पानी प्रतिजार कम्पनी मूल्य रु २०, बिक्री मूल्य रु ३५, प्रतिबोतल बिक्री मूल्य रु १६ तथा प्रतिप्याक बिक्री मूल्य रु १३५ कायम गरिएको छ ।

 

प्रकाशित: Aug 11, 2020| 06:54 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।