बिहीबार, भदौ ११, २०८३

दुई दिनमा पाँच जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

आइतबार र सोमबार २ दिनमा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ३ जना र काठमाडौंबाहिर २ जनाको मृत्यु भएको हो।

काठमाडौंमा मृत्यु हुने ३ जनाको हिजो सोमबार मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। उनी आइतबार दिउँसो छातीको सङ्क्रमण र निमोनियाको उपचार गराउन अस्पताल पुगेकी थिइन्।

यस्तै काठमाडौंको मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको पनि सोमबार बिहान चावहिलको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ। जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उनी साउन २३ गते अस्पताल भर्ना हुनुभएको थियो।

काठमाडौं कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि हिजो नै मृत्यु भएको छ । उनी मिर्गौलाका दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। निमोनिया भएपछि उनी गएको असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए।

त्यस्तै, अस्ति आइतबार बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

उता, पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ।

प्रकाशित: Aug 11, 2020| 06:05 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।