बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौ १ देखि सञ्चालन गर्ने भनिएको हवाई उडानमा रोक, लामो दूरीका सार्वजनिक यातायात पनि नचल्ने

भदौ १ देखि सञ्चालन गर्ने भनिएको हवाई उडानमा रोक, लामो दूरीका सार्वजनिक यातायात पनि नचल्ने

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि उडान सुचारु गर्ने निर्णय गरेको थियो।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्ने यसअघिको निर्णयमा पुनर्विचार गर्दै रोक लगाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि पूर्वनिर्णयमा पुनर्विचार गर्दै रोक लगाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि उडान सुचारु गर्ने निर्णय गरेको थियो।

त्यस्तै, लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ।

कोरोना संक्रमणको जोखिम उच्च भएसँगै तत्कालका लागि हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अन्त्य भएको घोषणा गर्दै लामो दूरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाकामा थप कडाइ र काठमाडौं प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए।

प्रकाशित: Aug 10, 2020| 22:19 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।