बिहीबार, भदौ ११, २०८३

बोहोराको हत्यामा संलग्न भएको आशंकामा महिला पक्राउ

काठमाडौंको गोंगबुमा झोलामा शव फालिएको अवस्थामा भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- काठमाडौंको गोंगबुमा झोलामा शव फालिएको अवस्थामा भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो।

महाशाका स्रोतकाअनुसार शाही र बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको खुलेको छ। महिलाका पति रोजगारीको शिलशिलामा विदेशमा रहेको खुलेको छ।

बोहोराको शव गणेशस्थान नजिकै सडक छेउमा झोलाभित्र भेटिएको थियो। बोहोराको टाउको र खुट्टा अलगै भेटिएको थियो।

बोहोराको सनाखत सोमबार मात्र भएको हो। उनको ठेगाना दाङ रहेको खुलेको छ। बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्दै आएको बुझिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ।

प्रकाशित: Aug 10, 2020| 21:30 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।