बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा कोरोना संक्रमितको संख्या १,८२४ पुग्यो, उपत्यकामा १,१७९ जनामा संक्रमण

बाग्मतीमा कोरोना संक्रमितको संख्या १,८२४ पुग्यो, उपत्यकामा १,१७९ जनामा संक्रमण

बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८२४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १७९ जनामा संक्रमण भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– बाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ८२४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १७९ जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा ३६, भक्तपुर तथा ललितपुरमा चार चार, नुवाकोटमा तीन र चितवन, रामेछाप तथा सिन्धुपाल्चोकमा एक एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६०३ जना कोरोनामुक्त भएका छन् भने एक हजार २१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ११ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – ९४९

ललितपुर – १४२

भक्तपुर – ८८

रसुवा – १२

नुवाकोट – ६१

धादिङ – १४६

चितवन – १३७

सिन्धुली – ३५

मकवानपुर – ८३

रामेछाप – ४६

दोलखा –१५

काभ्रे – ३३

सिन्धुपाल्चोक – ७७

प्रकाशित: Aug 10, 2020| 19:50 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।