सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एम्बाप्पे, नेयमार र मेस्सी एकैपटक मैदान उत्रिएको खेलमा पीएसजीको जित

एम्बाप्पे, नेयमार र मेस्सी एकैपटक मैदान उत्रिएको खेलमा पीएसजीको जित

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीकै मैदानमा भएको खेलमा उसले पाहुना टिम लियोनविरुद्ध २–१ गोलको जित निकालेको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीकै मैदानमा भएको खेलमा उसले पाहुना टिम लियोनविरुद्ध २–१ गोलको जित निकालेको हो।

पीएसजीको जितका लागि नेयमार र माउरो इकार्डील गोल गरेका थिए। केलियन एम्बाप्पे, लियोनेल मेस्सी र डिमारियासहित मैदानमा उत्रिएको फरवार्ड लाइनले ५५ प्रतिशत बलमा नियन्त्रण बनाउँदै खेल जितेको हो।

एक गोलले पछि परेको अवस्थामा पीएसजीले नेयमारले ६६औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबरी बनाएका थिए। पछि इन्ज्युरी समयमा माउरो इकाडीले गोल गर्दै पीएसजीलाई जित दिलाए।

यता खेलको ५४औं मिनेटमा लियोनका लुकास पकेटाले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए पनि पीएसजीले अग्रता खोसेको थियो।

पीएसजीले विपक्षीको पोस्टतर्फ १४ प्रहार गरे पनि दुईबाहेकका प्रयास गोल हुन सकेन्। यो जितसँगै पीएसजीले ८ खेलमा सतप्रतिशत जिच निकालेर १८ अंक बनाएको छ। यता पराजित लियोन भने समान ६ खेलबाट ८ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Sep 20, 2021| 07:57 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।