काठमाडौं– वर्षायाम लागेसँगै देशका विभिन्न भागमा पहिरो गइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो जानुअघि भिरालो जमिनमा केही अस्वाभाविक परिवर्तन र संकेत देखिन थाल्छ।
पाखाबारी वा भिरालो जंगलमा रुख बांगिएको देखिएमा, जमिनमा धाँजा फाटेको वा चिरा परेको देखिएमा, चिरा बिस्तारै ठूलो हुँदै गए पहिरो जाने सम्भावना अत्यधिक हुन्छ।
त्यस्तै, पहिरो जानुअघि जमिन भुक्क फुल्ने, भासिने वा जमिनबाट कटकट आवाज आउन थाल्छ।
यस्तो परिवर्तन थाहा भए तुरुन्तै सुरक्षित स्थानमा सर्न र स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न प्राधिकरणले आह्वान गरेको छ।
भिडियो हेर्न क्लिक गर्नुस्।