बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रमा सेन्टरमा कोरोना संक्रमित भेटिएपछि ५० स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा

ट्रमा सेन्टरमा कोरोना संक्रमित भेटिएपछि ५० स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा

राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार स्टोर किपरको जिम्मेवारी पाएका एक कर्मचारीमा ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

उनलाई कोरोना देखिएपछि अस्पतालका निर्देशक डा. सन्तोष पौडेलसहित प्राइमरी कन्ट्याक्टमा रहेका करिब ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा छन्।

ठूलो संख्यामा कर्मचारीहरु क्वारेन्टिनमा भएपछि अस्पतालको सेवा प्रभावित हुने डा. पौडेलले बताए। अस्पतालको सेवा जारी भए पनि अत्यावश्यक उपचार गर्नु नपर्ने बिरामीलाई केही समय पछाडि आउन आग्रह गरिने उनले बताए।

प्रकाशित: Aug 10, 2020| 18:51 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।