काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका थप ४ केन्द्रीय विभागलाई पूर्णता दिएका छन्।
आज (सोमबार) दिउँसो सभापति देउवाले उद्योग व्यापार विभाग, आदिवासी जनजाति विभाग, नेपाली जनसम्पर्क समिति समन्वय विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग र राज्य प्रशासन विभागलाई पूर्णता दिएका हुन्।
त्यस्तै संगठन विभागको उपप्रमुखमा पनि मनोनयन गरेका छन् भने समन्वय विभाग र वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा पनि थप सदस्य मनोनित गरेका छन्।
यसअघि आइतबार पनि देउवाले विभिन्न १० वटा विभागमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनानयन गरेका थिए।
को को भए मनोनयन ?




