बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका स्थानीय तहले भदौ १५ सम्म अत्यावश्यक सेवामात्र दिने, साँझ–बिहानमात्र साइकलमा तरकारी बेच्न पाइने

उपत्यकाका स्थानीय तहले भदौ १५ सम्म अत्यावश्यक सेवामात्र दिने, साँझ–बिहानमात्र साइकलमा तरकारी बेच्न पाइने

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले अत्यावश्क बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले अत्यावश्क बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यका मुलुकको राजधानीसमेत भएकोले अत्यन्त घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको अवस्था रहेको भन्दै यहाँ प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाइ गर्न अनिवार्य रहेको बैठकले निष्कर्ष निकालेको छ।

त्यस्ता प्रस्थान विन्दूबाट अवैध रुपमा अनधिकृत रुपमा समेत मानिसहरु प्रवेश गर्ने र गराउने कार्यलाई पूर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

उपत्यकामा समुदाय स्तरमा कोभिड–१९ को संक्रमण जान सक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा ¥याली, भेला अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाइका साथ निषेध गरिनुपर्ने तथा भीड हुने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउने निर्णय भएको छ।

आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग मलहरु, होटल, रेष्टुरेन्ट आदिमा कोभिड–१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथासक्य सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याइनुपर्ने मेयरहरुको सुझाव छ।

उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेको देखिएकोेले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारीलाई साँझ–बिहान मात्र सीमित गरी निर्माण कार्य फुटपाथ ठेलागाडा साइकल मार्फत् गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि निषेध गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पश्चात संक्रमण दर तीव्र भएको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणाली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्नुपर्ने भनिएको छ।

प्रकाशित: Aug 10, 2020| 18:48 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।