बिहीबार, भदौ ११, २०८३

चिनीभित्र लुकाएको पेस्तोलसहित युवक पक्राउ

जनकपुरमा चिनीभित्र लुकाएको एक थान पेस्तोलसहित युवक पक्राउ परेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- जनकपुरमा चिनीभित्र लुकाएको एक थान पेस्तोलसहित युवक पक्राउ परेका छन्।

प्लास्टिकको झोलामा राखिएको चिनीभित्र लुकाइराखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोलसहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१०, बाह्रबिघाबाट युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का २१ वर्षीय सुजित यादव रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार युवकसँग पेस्तोलमा लाग्ने एक थान म्याग्जिन पनि बरामद गरिएको छ।

यादवले बिक्रीको लागि उक्त पेस्तोल ल्याएको प्रहरीले जनाएको छ। जनकपुरमा निषेधाज्ञा जारी रहेको समयमा यादव हतियार बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Aug 10, 2020| 18:20 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।