बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता पौडेलले सार्वजनिक गरे पार्टी पुनर्जागरणबारे आफ्नाे दृष्टिकोण

वरिष्ठ नेता पौडेलले सार्वजनिक गरे पार्टी पुनर्जागरणबारे आफ्नाे दृष्टिकोण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।

आज (सोमबार) सामाजिक सञ्जालमार्फत् वरिष्ठ नेता पौडेलले पार्टीलाई कसरी नवजीवन दिने र मुलुकलाई कस्तो दिशातर्फ अघि बढाउने भन्ने विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।

पार्टीलाई नवजीवन दिने सन्दर्भमा उनले भनेका छन्, ‘निमुखालाई न्याय र विपन्नलाई आय’ मर्मलाई साकार पार्न कांग्रेसको निर्माण। त्यस्तै उनले नेतृत्वमा स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचार भएको व्यक्ति हुनुपर्ने विचार राखेका छन्।

यस्तो छ पौडेलले सार्वजनिक गरेको कांग्रेस पुनर्जागरणको दृष्टिकोण

१. पार्टीमा नवजीवन
‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति र फराकिलो राष्ट्रवादी विचार। संसद, सडक र बस्तीबस्तीमा भरोसाको केन्द्र कांग्रेस। न्याय, पारदर्शी मुल्यांकन र निष्पक्षता पार्टी एकताको आधार।

२. लोकतान्त्रिक समाजवाद
उत्पादनमूखी अर्थ नीति, गाउँमूखी विकास, जनमूखी शासन। युवा–केन्द्रित रोजगारी सिर्जना। श्रमको सम्मान गर्ने संस्कृति। एकीकृत सामाजिक सुरक्षा। सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र। जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य। मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य।

३. समुन्नतिका आधार
प्रविधि प्रयोगी दक्ष नागरिक। स्वच्छ उर्जा। उच्च उत्पादकत्व सहितको रोजगारमूखी कृषि। बहुआयामिक वातावरण–मैत्री पर्यटन। प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय। दूरी र लागत घटाउने पूर्वाधार।

४. हाम्रो बसोबास
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल। स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान। नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण।

५. व्यवस्थाको प्रश्न
सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना। मौलिक हक र विधिको शासनको प्रत्याभुति। भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन। बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति।

६. सामाजिक–धार्मिक सद्भाव
समाजका हरेक समूहबीच सहकार्य। सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण। सामाजिक पूँजीको जगमा सामुदायिक विकास।

७. परराष्ट्र सम्बन्ध
नेपालको अखण्डता र स्वाभिमानको रक्षा। बलियो अर्थ–कुटनीतिक अभ्यास। भाइचारामा आधारित असंलग्न नीति। बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवद्र्धधन।

प्रकाशित: Aug 10, 2020| 18:15 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।