बिहीबार, भदौ ११, २०८३

१३ करोडका विषयमा बोल्यो पोखरा महानगर

केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा ‘पोखरा महानगरको १३ करोड खै?’ भन्ने विषयमा सार्वजनिक समाचारप्रति पोखरा महानगरपालिकाले प्रस्ट पारेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

पोखरा– केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा ‘पोखरा महानगरको १३ करोड खै?’ भन्ने विषयमा सार्वजनिक समाचारप्रति पोखरा महानगरपालिकाले प्रस्ट पारेको छ।

महानगरको २०७५/०७६ को लेखा परीक्षण प्रतिवदेनमा १३ करोड रुपैयाँ बेहिसाब देखिएपछि सर्वत्र चासोको विषय बनेको थियो।

महानगरपालिकाले सोमबार विज्ञप्ति जारी गरी महालेखा परीक्षकको प्रतिवदेनमा राजस्व शाखाले तयार गरेको आय विवरण र बैंक मौज्जादको बीचमा १३ करोड एक लाख ८१ हजार सात सय सन्तानब्बे रुपैयाँ ८ पैसा फरक देखिएको स्वीकार गर्दै फेरि कागजपत्र भिडाएर सम्परीक्षण गर्दा एक करोड ७३ लाख ११ हजार नै सय ७८ रुपैयाँ बाउन्न पैसा मात्र हिसाब फरक परेको स्पष्ट पारेको छ।

महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र उपप्रमुख मञ्जुदेवी गुरुङद्वाराजारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस विषयमा अध्ययन गरी आयव्यय विवरण तयार गर्नुपर्ने भनी अन्तिम प्रतिवेदन प्राप्त भएको छ।’

केकति कारणले हिसाब फरक परेको हो ? त्यसको खोजी गरी आय व्यय विवरण तयार गर्न प्रमुख लेखा नियन्त्रक जयराम पौडेलको नेतृत्वमा गठित समितिलाई समय सीमासहित जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ।

‘नगरपालिकाको वित्तीय विवरणको शुद्धता, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्नु जनप्रतिनिधिको कर्तव्यसमेत भएको विषयमा महानगरपालिका स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि कारणले कार्यालयको वित्तीय अनुशासन बिग्रेको पहिचान भएमा दोषीलाई दण्डको भागीदार बनाउन प्रतिबद्ध छौं।’

पोखरा महानगरपालिको २०७५/०७६ को लेखा परीक्षण प्रतिवदेन महानगरको वेबसाइटमार्फत सार्वजनिक भइसकेको छ। लेखा परीक्षण गर्दा स्थापित पद्धति तथा मान्यताको अनुशरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘सम्परीक्षण हुन बाँकी रकमको विषयमा कार्यालयलाई आन्तरिक अध्ययन तथा न्यायाचित निर्णय गर्न आफ्नो ठाउँबाट सहयोग गर्नुहुन आम महानगरबासीमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Aug 10, 2020| 17:58 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।