सोमबार, असार २२, २०८३

टोटेनहमविरुद्ध चेल्सीका डिफेन्डरको तीन गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा प्रशिक्षक थोमस टुचेलको टिम चेल्सीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। उसले टोटेनहमविरुद्ध जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा प्रशिक्षक थोमस टुचेलको टिम चेल्सीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। उसले टोटेनहमविरुद्ध जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो।

टोटेनहम हट्स्परको मैदानमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा पाहुना टिम चेल्सीले विपक्षीको पोस्टतर्फ कुनै प्रहार गर्न सकेन।

तर, दोस्रो हाफमा मैदानमा प्रवेश गर्यो प्रशिक्षक टुचेलले सबैको दिमागमा आक्रामकता भरिदिए। दोस्रो हाफमा भने चेल्सीले घरेलु टिमको पोस्टनजिकै बल खेलाइरह्यो। अनि लगातार आक्रमण गरिरह्यो।

यसैक्रममा चेल्सीका तीन डिफेन्डरले गोल गरेसँगै उसले घरेलु टिमविरुद्ध ३–० गोलको जित निकालेको हो।

एलन्सोले प्रहार गरेको कर्नर बललाई ब्राजिली डिफेन्डर थियागो सिल्वाले हेडरमार्फत् सिजनको पहिलो गोल गरेका छन्। उनले दोस्रो हाफको चार मिनेटमै सो गोल गरेका थिए।

निकै आक्राम बनेको चेल्सीका अर्का डिफेन्डर एप्लिक्वेटाको प्रहार भने टोटेनहमका गोलकिपरले बचाएका थिए। तर, ५७औं मिनेटमा एनगोलो कान्टेको प्रहार भने कसैले बचाउन सकेन।

उनले प्रहार गरेको बल टोटेनहमकै खेलाडीबाट विचलन भएर पोस्टको बारमा लाग्दै पोस्टभित्र प्रवेश गरेको थियो। यससँगै चेल्सीले अग्रता दोब्बर बनायो।

विपक्षीको पोस्टतर्फ २० प्रहार गरेको चेल्सीले इन्ज्युरी समयमा अर्को गोल गरेको थियो। यसपटक एन्टोनी रुडिगरले बललाई पोस्टको जाली चुमाए।

टिमो वेर्नरले दिएको पासलाई सदुपयोग गर्दै रुडिजरले चेल्सीका लागि अन्तिम गोल गरेका थिए। यता, चेल्सीको पोस्टतर्फ ८ प्रहार गरेको ह्यारी केनको कप्तानीमा रहेको टिमले भने गोल गर्न सकेन।

स्प्रिटियो नुनोको टोटेनहमले पहिलो हाफमा निकै प्रभावशाली सुरुआत गरे पनि उसले गोल गर्न नसकेको हो।

यो जितसँगै चेल्सी अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। उसले पाँच खेलबाट १३ अंक बनाएको छ।

समान १३ अंक भएका लिभरपुल र युनाइटेड दोस्रो र तेस्रो स्थानमा छन्। पराजित टोटेनहम भने ९ अंकका साथ सातौं स्थानमा छ।

प्रकाशित: Sep 20, 2021| 07:41 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।