बिहीबार, भदौ ११, २०८३

न्यायाधीशमा कोरोना देखिएपछि अदालत तीन दिन बन्द

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

विराटनगर– न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत मोरङको काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ ।

एक जना न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले बताए । उनका अनुसार तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको छ ।

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो ।

अदालतका सूचना अधिकारी पौडेलले सोमबारबाट यी सबै काम कारबाही बन्द भएको र बिहीबारदेखि सूचारु हुने जानकारी दिए । उनका अनुसार आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि हिजो स्वाब परीक्षणका लागि पठाएका थिए ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताए ।

सबै कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।

 

प्रकाशित: Aug 10, 2020| 17:40 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।