बिहीबार, भदौ ११, २०८३

'सरकारको भरोसा छैन, आफ्नो सुरक्षामा आफैँ सजग बनौँ'

नेपाली कांग्रेसले सरकारको भरोसा नरहेको भन्दै आफ्नो सुरक्षा आफैँ गर्न आह्वान गरेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- नेपाली कांग्रेसले सरकारको भरोसा नरहेको भन्दै आफ्नो सुरक्षा आफैँ गर्न आह्वान गरेको छ।

कोरोना भाइरसको महामारीको समयमा नेकपा नेतृत्वको सरकार सत्ताको खिचातानीमा रमाइरहेको भन्दै कांग्रेसले यस्तो समयमा कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने आशंकासमेत व्यक्त गरेको छ।

कांग्रेसको कोभिड-१९ अनुगमन समितिले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले देखिएको थिएन। भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ।’

साथै कांग्रेसले पछिल्लो पटक लगानी बोर्डमा गरिएको नियुक्तिलाई संवेदनहिनताको नाङ्गो उदाहरणका रुपमा लिएको छ। प्रेस नोटमा अगाडि भनिएको छ, ‘यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ।’

कांग्रेसले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरेको छ। त्यस्तै अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्न कांग्रेसको आग्रह छ। साथै कांग्रेसले आफ्नो पार्टीका नेता कार्यकर्तालाई समस्यामा परेका नागरिकहरुकालाई सक्दो सहयोग गर्न आह्वान गरेको छ।

कांग्रेसले कोरोना भाइरसको महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रपूर्ण रुपमा सुचारु हुने अवस्था नरहेकाले जोखिम न्यूनिकरणका लागि ध्यान दिन सरकारसँग माग गरेको छ।

यसका साथै सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गर्न, संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बताउन तथा परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न माग गरेको छ।

यस्तै कांग्रेसले भनेको छ, ‘खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस्। फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस्। साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पुर्‍याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं।’

तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन, आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न तथा कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ।

यस्ताे छ कांग्रेसकाे प्रेस नाेट

Image may contain: text that says 'आवश्यक उपकरणहरुको स्वास्थ्यकर्मी भेन्टिलेटर, आइसिय व्यवस्था मिलाइयोस्। सहयोगीहरुको व्यवस्थालाई अक्सिजन व्यवस्था ल्याइयोस् कोभिड-१९ कार्यान्वयनमा सम्बन्थित स्वास्थ्यकर्मीहरुको स्वास्थ्यकर्मीहरुको मिलाई स्वास्थ्यकर्मीहरुको अभाव क्वारेन्टाइन मापदण्ड अनसार लागि सहयोग भविष्यमा तालिमको व्यवस्था बन्द भएर वीरगज्ज त्यसको विरामी उपचारको अवस्थाको प्रभावकारिताका कोभिड- उपकरणहरुको सरकारले दिइयोस नियन्त्रणका कोभिड- मन्त्रालयमा अप्रभावकारी देखिएको मन्त्रालयमा जिस्मेवारी दिइयोस प्रभावकारी नेतृत्वलाई जिम्मेवारी वरिष्ठता व्यवसायिकतालाई वरिष्ठता व्यवसायिकताका आधारमा कोभिड-१९ संक्रमणको हामीलाई उठाइएका कार्यान्वयन संक्मणले संरचनाहरुमा जोडिएका दिदीबहिनीहरुलाई सरकारको जटिलतालाई संवेदनशील निकायहरु नागरिकहरुलाई निम्न सावधानी अनसरण साथीहरुलाई हालतमा गर्दद्छों साथे, स्यानीटाइजरको अत्यावश्यक पटक-पटक जय सार्वजनिक कुरालाई अनिवार्य हिडडुल गरौं'

प्रकाशित: Aug 10, 2020| 17:35 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।