बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोंगबु हत्या प्रकरण : तस्बिर सार्वजनिक गरेको केही घण्टामा शव पहिचान

गोंगबु हत्या प्रकरण : तस्बिर सार्वजनिक गरेको केही घण्टामा शव पहिचान

काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएका व्यक्तिको पहिचान खुलेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएका व्यक्तिको पहिचान खुलेको छ।

शरीर सुटकेसमा, टाउको र खट्टा झोलामा राखेको अवस्थामा शव भेटिएको थियो।

शवको पहिचान हुन नसकेपछि प्रहरीले सोमबार शवको तस्बिर सार्वजनिक गरेको थियो। तस्बिर सार्वजनिक गरेको केही घण्टामा शवको सनाखत भएको प्रहरीले जनाएको छ।

हत्या गरिएका व्यक्ति रोल्पाका कृष्णबहादुर बोहरा रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए। बोहरालाई चिन्ने व्यक्तिले प्रहरी कार्यालयमा आएर पहिचान खुलाएको बताइएकाे छ।

‘हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ,’ उनले भने, ‘बाँकी घटनाबारे बुझ्ने काम भइरहेको छ।’ उनले अनुसन्धान जारी रहेको थप विवरण आउन समय लाग्ने बताए।

शवको सनाखत हुन नसकेपछि आजै महानगरीय अपराध महाशाखाले व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो। अपराध महाशाखा, महानगरीय प्रहरी परिसर सहितका प्राविधिक टोलीहरु अनुसन्धानमा खटिएका छन्।

प्रकाशित: Aug 10, 2020| 17:30 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।