काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकमा ३३८ जना कोरोना भाइरसका संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६२ जनामा संक्रमण भएको छ। यस्तै काठमाडौं उपत्यकामा ४४ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार झापामा एक, खोटाङमा एक, मोरङमा थप १५ जनामा संक्रमण भएको छ। यस्तै आज
धनुषामा १३, महोत्तरीमा तीन र बारामा २३ जनामा संक्रमण भएको छ।
काठमाडौंमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
नुवाकोटमा चार, रौतहटमा ३३, सर्लाहीमा २१ र सिन्धुपाल्चोकमा एक जनामा संक्रमित थपिएका छन्।
संक्रमितको सूचीमा आज थपिएकामा मकवानपुरका २३, सिन्धुलीका छ, अछाम, अर्घाखाँची, बाग्लुङ, चितवनका एकएक जना छन्।
बर्दियाका दुई जना, दाङका पाँच जना, गोरखाका तीन जना र कपिलवस्तुका ११ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
पाल्पा, रामेछाप, पर्सा, स्याङ्जामा एक एक जनामा संक्रमण भएको छ। तनहुँ र नवलपरासीमा पूर्वमा दुई दुई जना संक्रमित थपिएका छन्।
प्यूठानमा १५ जना, रुपन्देहीमा एकजना, बाँकेमा ६२ जना र कैलालीमा सात जनामा आज कोरोना पुष्टि भएको छ।
यसैगरी सल्यानमा सात, दैलेखमा १७ र रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक एक जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २३ हजार ३१० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ छन्। डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।