बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवका मुगु जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता पक्राउ

विप्लवका मुगु जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता पक्राउ

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ नेता-कार्यकर्ता पक्राउ परेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ नेता-कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको टोलीले मुगुका जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भामलाई पक्राउ गरेको छ। उनी सोरु गाउँपालिका वडा नम्वर ६ का बासिन्दा हुन्।

त्यस्तै जुम्लाको हिमा गाउँपालिकाका विप्लवका कार्यकर्ता नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेका प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए

प्रहरीका अनुसार पक्राउ परेका विप्लवका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेली, सदस्यता फारम, विभिन्न किताबहरु फेला परेको छ।

त्यस्तै विभिन्न स्थानीय तहका जनप्रतिनिधि र ठेकेदारको नामावली समेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक बास्तोलाले बताएका छन्।

प्रकाशित: Aug 10, 2020| 17:12 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।