बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुर दम्पत्ती हत्या प्रकरण : चार लाख सुपारी लिएर हत्या, चार जना पक्राउ

कञ्चनपुर दम्पत्ती हत्या प्रकरण : चार लाख सुपारी लिएर हत्या, चार जना पक्राउ

स्थानीय ५३ वर्षीय प्रकाश ऐरले खाती दम्पत्तीको हत्या गर्न अर्कै व्यक्तिलाई चार लाख रुपैयाँ सुपारी दिएर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा १६ साउनमा दम्पत्तीको हत्या गर्न चार लाख रुपैयाँ सुपारी दिइएको खुलेको छ।

स्थानीय ५३ वर्षीय प्रकाश ऐरले खाती दम्पत्तीको हत्या गर्न अर्कै व्यक्तिलाई चार लाख रुपैयाँ सुपारी दिएर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

हत्या गरिएका ७० वर्षीय घनश्याम खातीलाई बोक्सी आरोप लगाएको विषयमा लामो समयदेखि रिसईबी रहेकोले ऐरले खातीलाई मार्ने नियतले योजना बनाएर कञ्चनपुरको कृष्णपुर २ बाणी बस्ने रबि रानालाई चार लाख रकम दिएको अनुसन्धानबाट खुल्न आएको छ।

घटनापूर्व खाती दम्पत्तीका छोरा राजेश खातीलाई दिनेश राना र होरी रानाले आफूसँग लगी रक्सी सेवन गराई घरमा जान नदिएको देखिएको छ।

‘घरमा घनश्याम खाती र श्रीमती बेलीदेवी खातीमात्र भएको मौका छोपी भर्रा भन्ने रबि रानाले धारिलो हतियार प्रहार गर्दा तत्काल घनश्याम खाती गम्भिर घाइते भएको र श्रीमती बेलीदेवीको घटनास्थलमा नै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमरबहादुर थापाले भने।

घटनापछि मात्र मृतकको छोरालाई दिनेश रानाले मोटरसाइकलमा घरमा पुर्याएका थिए। घटनास्थल लाश जाँच तथा पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान पश्चात मृतकको छोरा राजेश खातीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ।

प्रकाश ऐर र होरी रानासमेतलाई तत्कालै पक्राउ गरिएको थियो। प्रहरीले रबि रानाको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ लुकाईछिपाई राखेको अवस्थामा फेला पारेको छ।

६८ वर्षीया बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका घनश्याम खातीको उपचारका क्रममा आइतबार कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रहरीले पक्राउ गरेका स्थानीय ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, ३६ वर्षीय होरी राना र ४५ वर्षीय रबि रानालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

चारै जनाविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित: Aug 10, 2020| 17:04 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।