बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा २ सहित ४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आज सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा २ जना, बाँकेमा १ जना र पर्सामा १ जनाको मृत्यु भएको जानकारी दिए।

बाँकेको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिलाको हिजो मृत्यु भएको छ। उनी उच्च रक्तचापको बिरामी थिइन्।

त्यसैगरी पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको हिजो मृत्यु भएको छ।

प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौंको काठमाडौं मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ।

आज नै कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।

 

प्रकाशित: Aug 10, 2020| 16:40 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।