बिहीबार, भदौ ११, २०८३

आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म देशका विभिन्न प्रयोगशालामा ४ लाख ५२ हजार २३६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा १० हजार ७५९ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर १४० जना डिस्चार्ज भएका छन्। योसहित अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।

प्रकाशित: Aug 10, 2020| 16:23 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।