बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोंगबु हत्या प्रकरण : सनाखत नभएपछि मृतकको तस्बिर सार्वजनिक

गोंगबु हत्या प्रकरण : सनाखत नभएपछि मृतकको तस्बिर सार्वजनिक

काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले सोमबार मृतकको तस्बिर सार्वजनिक गरेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले सोमबार मृतकको तस्बिर सार्वजनिक गरेको छ।

अन्दाजी ४०-४५ वर्षीय पुरुषको शरीर सुटकेसमा, टाउको र खट्टा झोलामा भेटिएको थियो। शव सनाखत हुन नसकेपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको हो।

घटना अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘शव पोस्टमार्टम भइसकेको छ। अहिलेसम्म हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।’

उनले घटना अनुसन्धानसँगै मृतकको पहिचानका लागि प्रयास भइरहेको बताए।

प्रहरीले शव पहिचान गर्नका लागि हराइरहेका व्यक्तिहरुको विवरण पनि अध्ययन गरिरहेको छ। अहिलेसम्म कुनै आफन्त सम्पर्कमा आइसकेका छैनन्।

‘केही मानिस आएर जानकारी लिएका छन्,’ उनले भने, ‘हामीले मृतकको पहिचानका लागि सार्वजनिक जानकारी गराइरहेका छौं।’
व्यक्तिको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धानमा पनि समस्या भएको छ।

‘मृतक को हो भन्नेबारे अहिलेसम्म यकिन नहुँदा अनुसन्धान अगाडि बढाउन समस्या देखिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘सनाखत भए धेरै कुरा बाहिर आउँथ्यो।’

अपराध महाशाखाले ५ फिट ३ इन्चदेखि ५ फिट ५ इन्चसम्मको उचाइ भएको मंगोलियनजस्तो देखिने गहुँगोरो व्यक्तिका बारेमा आवश्यक जानकारी दिन अनुरोध गरेको छ।

प्रहरीले हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रुपमा अघि बढाए पनि कुनै सुराक पत्ता लगाउन सकेको छैन।

‘पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धान हेर्दा अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फालेको देखिन्छ,’ एसएसपी थापाले भने, ‘हामी विभिन्न कोणबाट यसको अनुसन्धानमा लागेका छौं। केही न केही बाहिर आउँछ।’

अनुसन्धानमा अपराध महाशाखा, महानगरीय प्रहरी परिसर सहितका प्राविधिक टोली खटिएको छ।

 

 

प्रकाशित: Aug 10, 2020| 15:32 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।