बिहीबार, भदौ ११, २०८३

बाँकेमा २ डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

बाँकेमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

नेपालगंज- बाँकेमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा २ जना महिला चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो।

यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई नै संक्रमण पुष्टि भएको थियो। भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हुने क्रममा चिकित्सक पनि परेका हुन्।

यस्तै वडा कार्यालयका थप प्रहरीमा पनि भाइरस संक्रमण पुष्टि भएको छ। बाँकेको डुडुवा गाउँपालिकाका ३ जना संक्रमित थपिएका छन्। भेरीमा गरीएको परीक्षणमा कैलालीका २, दाङ, बर्दिया र सल्यानमा १–१ जना गरी सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रकाशित: Aug 10, 2020| 15:10 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।