सोमबार, असार २२, २०८३

वेस्टहामविरुद्ध युनाइटेडको नाटकीय पुनरागमन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहाममाथि नाटकीय पुनरागमन जित निकालेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहाममाथि नाटकीय पुनरागमन जित निकालेको छ।

एक गोलले पछि परेको अवस्थामा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गर्दै बराबरी बनाएको खेलमा जिस लिंगार्डले विजयी गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए।

वेस्ट हामको रंगशालामा एक गालले पछि परेको घरेलु टिमले पेनाल्टीको अवसर पाए पनि उसले अवसरको सदुपयोग गर्न सकेँ। डि बक्सभित्र युनाइटेडका डिफेन्डर लुके शले बललाई हातले छोएपछि वेस्ट हामले पेनाल्टीको अवसर पाएको थियो।

इन्ज्युरी समयमा मार्क नोबले प्रहार गरेको पेनाल्टी युनाइटेडका गोलकिपर डेविड डि गियले बचाएपछि युनाइटेडले २–१ गोलअन्तरले वेस्ट हामलाई हराएको हो।

यता खेलको ३०औं मिनेटमै सैद बेन्रहमाले गोल गदै वेस्ट हामलाई अग्रता दिलाएका थिए। तर, खेलको ३५औं मिनेटमा आफैले प्रहार गरेको बल वेस्ट हामको गोलकिपरले फुत्काएपछि रोनाल्डोले पुनः प्रहार गर्दै नोटको जाली चुमाए।

यससँगै पहिलो हाफमा खेल बराबरी भएको थियो। खेलको ८९औं मिनेटमा लिंगार्डले पोस्टको ‘टप कर्नर’मा प्रहार गर्दै विजयी गोल गरे। यो विजयसँगै युनाइटेडले पाँच खेलबाट १३ अंक जोडेको छ। ऊ अहिले शीर्षस्थानको दौडमा छ।

समान १३ अंक भएका चेल्सी र लिभपुल गोलअन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् भने युनाइटेड तेस्रो स्थानमा छ। चेल्सी र लिभरपुलको समान ११–११ गोलअन्तर छ भने युनाइटेडको गोलअन्तर ९ छ।

‘हामी सुरुमा पछि पर्‍यौं। तर, हामीले पछि कमब्याक गर्‍यौं। फुटबलमा मजा नै ‘अप–डाउन’ हुने नै हो। हाम्रो सोख राम्रो फुटबल खेल्नु हो,’ खेलपछि प्रशिक्षक सोल्सायरले भने, ‘हामी खेलका लागि तयार थियौँ। अन्तिममा पेनाल्टीले नतिजा परिवर्तन गर्न सक्थ्यो। तर त्यो भएन।’

प्रकाशित: Sep 20, 2021| 07:13 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।