बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका २१ र १२ नम्बर वडामा अत्यावश्यक बाहेकका पसल बन्द हुने

काठमाडौंका २१ र १२ नम्बर वडामा अत्यावश्यक बाहेकका पसल बन्द हुने

महानगरपालिकाको वडा नम्बर २१ र १२ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- महानगरपालिकाको वडा नम्बर २१ र १२ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

ती क्षेत्रमा संक्रमित बढेसँगै दुईवटा वडाको संयुक्त बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

संयुक्त सूचनामा भनिएको छ, ‘कोरोना रोग संक्रमण २१ र १२ नम्बर वडामा बढ्दै गएको र भवाबह हुन नदिन मिति २०७७ साउन २६ गतेको संयुक्त बैठकले अति आवश्यक सेवाका औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरु पसल (मदिरा पसल, तयारी पोशासक पसल, जुत्ता पसल, कल कारखाना आदि) बन्द गर्न अनुरोध छ।’

साथै खाद्यान्न पसल बिहान १० जबेसम्म मात्र खोल्न र साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न अनुरोध गरिएको छ।

प्रकाशित: Aug 10, 2020| 15:05 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।