भैरहवा – रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका घरधनीलाई लालपुर्जा वितरण गरेको छ।
नगरप्रमुख चित्रबहादुर कार्कीले १८८ वटा पुर्जा वितरण गरेका हुन्।
नगरभित्रका झारबैरा, रन्यौरा, उछडिहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँ ब्लकलाई पुर्जा बाँडिएको छ।
नगरपालिकाले गत वर्ष पनि ५ सय जनालाई जग्गाधनी प्रमाण पत्र वितरण गरेको थियो।