बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरीय प्रहरी रानीपोखरीमा कार्यरत ३ जनामा कोरोना पुष्टि

महानगरीय प्रहरी रानीपोखरीमा कार्यरत ३ जनामा कोरोना पुष्टि

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

सर्वसाधरणले प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा फोन गरिने नम्बर १०० लाई मेट्रो कन्ट्रोल पनि भनिन्छ । यहाँ करिब एक सय जना प्रहरी कार्यरत रहेको प्रमुख पोखरलेले बताए ।

उनका अनुसार संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुलाई पीसीआर परीक्षणको तयारी गरिएको छ । यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित: Aug 10, 2020| 10:44 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।