बिहीबार, वैशाख ३१, २०८३

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ गीतको अफिसियल भिडियो सार्वजनिक

पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा राम्रो छाप पारिरहेको ‘दुई अक्षरकाे माया’  गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा राम्रो छाप पारिरहेको ‘दुई अक्षरकाे माया’  गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ।

National life

बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा पछिल्लो समयका चर्चित मोडल तथा र्‍यापर जिबी चिरन (चिरञ्जीवी सापकोटा) र रोशनी कार्कीको अभिनयसहित अफिसियल भिडियो तयार भएको हो।

भिडियोमा चर्चित कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको पनि अभिनय छ।

आहा टिभी युट्युब च्यानलबाट सोमबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।

सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका हुन्।

 

प्रकाशित: Aug 09, 2020| 17:40 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्