शुक्रबार, भदौ ५, २०८३

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत निर्वाचित भएका छन्।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मतीमा दलको नेता चयन गरेको सांसद प्रदीप यादवले जानकारी दिए।

संसदीय दलको नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

यसअघि जसपाको महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। यसैकारण पनि जसपामा विवाद चर्किँदै गएर निर्वाचन आयोगसम्म पुगेको थियो।

निर्वाचन आयोगले विवाद निरुपण गर्दै उपेन्द्र यादवलाई आधिकारिकता प्रदान गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित: Jul 31, 2021| 15:24 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...