बिहीबार, वैशाख ३१, २०८३

‘हामी तीन भाइ’ फिल्म नयाँ भर्सनमा आउने

झन्डै १५ वर्षअघि निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ नयाँ भर्सनमा दर्शकमाझ आउने भएको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं– झन्डै १५ वर्षअघि निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ नयाँ भर्सनमा दर्शकमाझ आउने भएको छ।

National life

निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने फिल्मका लागि कलाकार रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोटको चरणमा छन्।

अघिल्लो फिल्म ‘हामी तीन भाइ’मा शिव रेग्मीको निर्देशन थियो। फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी र रेखा थापा प्रमुख भूमिकामा थिए।

नयाँ भर्सनको ‘हामी तीन भाइ’ साजित महत प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुनेछ।

साजित महत प्रस्तुतकर्ता रहने फिल्ममा किशोर मानन्धरको द्वन्द्व, सुभाष भुसालको संगीत र शिव विक तथा विक्रम तामाङको कोरियोग्राफी हुनेछ।

फिल्मको छायांकन तिहारपछि हुनेछ। निर्देशक शोभितका अनुसार फिल्म पारिवारिक कथामा बन्नेछ।

प्रकाशित: Aug 08, 2020| 18:45 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्