शनिबार, असार ७, २०८२

अभिषेक बच्चन कोरोना संक्रमणमुक्त

बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। आज (शनिबार) आएको उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएका हुन्।
 |  शनिबार, साउन २४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

vianetvianet

एजेन्सी- बलिउड अभिनेता अभिषेक बच्चन कोरोना संक्रमणमुक्त भएका छन्। आज (शनिबार) आएको उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएका हुन्।

उनले एक ट्वीट गर्दै आफू संक्रमणमुक्त भएको जनाएका छन्। साथै उनले नानावती अस्पतालका डाक्टर तथा नर्सप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनका पिता अमिताभ बच्चन पनि कोरोना संक्रमित भएर यसै अस्पतालमा भर्ना भएका थिए । उनी केही दिन पहिले नै ठिक भएर डिस्चार्ज भइसकेका छन्।

बच्चन परिवारमा अमिताभ–अभिषेकका साथै ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण भएको थियो। सबैजना ठिक भइसकेका छन्।

प्रकाशित: Aug 08, 2020| 15:45 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्