शुक्रबार, भदौ ५, २०८३

ओलीले भने- माधव नेपाल आन्दोलन विरोधी हुन् पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी भएको भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी भएको भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्। एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन।

‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ उनले भने,  ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्विप क्रस गर्ने।’

नेपालले प्रतिक्रियावादीहरुसँग लागेर एमालेको सरकार ढालेको ओलीको आरोप छ। आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै ओलीले आफूहरुले फेरि जित्ने जिकिर गरे।

प्रकाशित: Jul 31, 2021| 14:46 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...