सोमबार, माघ ५, २०८२

सिरिजको अन्तिम खेलमा नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र ओमन प्रतिस्पर्धामा छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र ओमन प्रतिस्पर्धामा छन्। अल अमरेत मैदानमा भइरहेको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको थियो। 

National life

पहिलो इनिङ सकिँदा आयोजक ओमन ३७ ओभरमा १२१ रन बनाएर अलआउट भएको छ। पेचिलो बलिङ गरेका नेपाली बलरसामु ओमनका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। त्यसक्रममा कप्तान जिसन मक्सोदले सर्वाधिक ४१ रन बनाएका थिए। ६५ बल खेलेका मक्सोदलाई करण केसीले आउट गराएका थिए।

त्यस्तै, निशम खुसीले १२ रन जोडे। यता ब्याटिङतर्फ ओमनका ओपनर जतिन्दर सिंहले १३ रन बनाए। ओमनका सुरज कुमार र नेस्टर धाम्बा शून्य रनमै आउट भए भने अन्य खेलाडीले पनि जोर अंकमा रन बनाउन सकेनन्। बलिङमा आठ ओभर सम्हालेका करण केसीले चार विकेट लिए भने १२ औं ओभरमा पहिलो बलिङ गरेका लेग स्पिन।

सन्दीप लामिछानेले पनि चार विकेट लिएका छन्। त्यस्तै, शरद भेषावकरले दुई विकेट लिए। आजको खेलमा नेपालले जित निकाल्न सके लिग २ को तालिकामा दुई स्थान फड्को मार्नेछ। अहिले नेपालको ७ खेलमा ६ अंक छ। नेपालले पछिल्लो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।


प्रकाशित: Sep 19, 2021| 18:59 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।