सोमबार, असार २९, २०८३

न्युट्रल मैदानमा गेटाफेविरुद्ध इन्टरको जित

युरोपा लिगअन्तर्गत राउन्ड अफ १६ को खेलमा गेटाफेविरुद्ध २–० गोल अन्तरले जित निकाल्दै इन्टर मिलान क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

युरोपा लिगअन्तर्गत राउन्ड अफ १६ को खेलमा गेटाफेविरुद्ध २–० गोल अन्तरले जित निकाल्दै इन्टर मिलान क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

न्युट्रल मैदानमा भएको खेलमा इटालियन क्लब इन्टरले जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

जर्मन क्लब साल्केको भेल्टिन्स–एरिना रंगशाला (न्युट्रल मैदान)मा सम्पन्न खेलमा जितका लागि रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले गोल गरे।

इटालियन क्लब इन्टरका लुकाकुले पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। उनको गोलसँगै पहिलो हाफमा क्लब एक गोलले अघि रह्यो।

दोस्रो हाफको ८३ औं मिनेटमा एरिक्सनले गोल गर्दै जितलाई २–० गोलमा पुर्याएका थिए। यता स्पेनिस गेटाफे भने खेलमा पराजय भोग्दै अन्तिम १६ बाट बाहिरिएको छ।

क्वार्टरफाइनमा मिलानले प्रतिस्पर्धा गर्ने टिमको टुंगो आज रातिको खेलबाट लाग्ने छ।

युरोपा लिगअन्तर्गत गएराति भएका खेल :

शख्तर डोनेस्क ३–० वुल्भ्सबर्ग

कोपनहेगन ३–० इस्तानबुल

आजका खेल :

लिभरकुसन र रेन्जर, राति १०ः४०

वुल्भ्स र ओलम्पियाकोस, राति पौने १ बजे

बसेल र फ्रान्कफ्रुट, राति पौने १ बजे

सेभिया र रोमा, राति १०ः४० बजे (न्युट्रल मैदानमा)

एजेन्सी

प्रकाशित: Aug 06, 2020| 09:29 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।