आइतबार, चैत ८, २०८२

७ औषधि पसललाई कारबाही

कारबाहीमा पर्नेहरूमा काठमाडौं, वीरगञ्ज र ललितपुरका विभिन्न औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- औषधि व्यवस्था विभागले ७ औषधि पसललाई निलम्बन गरेको छ। विभागले साउनमा गरेको अनुगमनका क्रममा त्रुटी फेला परेपछि उक्त औषधि पसलहरुलाई कारबाही गरेको हो। 

National life

कारबाहीमा पर्नेहरूमा काठमाडौं, वीरगञ्ज र ललितपुरका विभिन्न औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको छ।

निलम्बनमा पर्नेमा काठमाडौं महानगरपालिका २६ रहेको श्री प्रविन मेडिकल हल, विरगञ्ज महानपालिका-१४ स्थित भाजुरत्न फर्मा प्राइभेट लिमिटेड छन्। 

यस्तै काठमाडौंको गोकर्णेश्वरस्थित नतुन फर्मा, चौलागाईं फर्मा, सर्वोच्च मेडिकल हल, ग्रिसा फार्मेसी पनि निलम्बनमा परेका छन्। यस्तै ललितपुरको प्राकृतिक हर्बास्युटिक्ल्सलाई पनि निलम्बन गरिएको छ। 

प्रकाशित: Sep 19, 2021| 17:42 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्