काठमाडौं– ओमनमा जारी नेपाल अमेरिका ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अहिले नेपाल र ओमन प्रतिस्पर्धामा छन्। अल अमरेत मैदानमा जारी खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ गरिरहेको छ।
नेपालले छैटौं विकेट लिएको छ। बलिङमा पाँच ओभर सम्हालेका करण केसीले तीन विकेट लिएका छन् भने १२ औं ओभरमा पहिलो बलिङ गरेका लेग स्पिन सन्दीप लामिछानेले पनि तीन विकेट लिएका छन्।
यता ब्याटिङतर्फ ओमनका ओपनर जतिन्दर सिंहले १३ र सुफयन मेहम्मोदले चार रन बनाएका छन्। त्यस्तै, आयन खानले सात र होमम्मद नदिमले चार रन बनाएका छन्। ओमनले १३.४ ओभरमा पाँच विकेट गुमाएर ४३ रन बनाएको छ।