सोमबार, मंसिर २९, २०८२

जात्रामय हनुमानढोका [१५ तस्बिरमा]

जात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका छन्।
 |  आइतबार, असोज ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असोज ३, २०७८

काठमाडौं– घण्टाकिसी, ख्याक, कवचा, घिन्ताङ किसी, नवदुर्गा, रामचन्द्र, पुलुकिसी, देप्याख, सवाभक्कु, लाखे, दशअवतारलगायत नाचले हनुमानढोका दरबार क्षेत्रको माहोल जात्रामय बनेको छ। गत वर्ष जात्रामा सहभागी हुन नपाएका युवकयुवती रमाइलोका साथ उपस्थित भएका छन्।

National life

इन्द्रध्वजोत्थान गरेसँगै शनिबार बेलुकी महानगरका भित्री सहरवासीले एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उपाकु गरेका छन्। धूप, बत्ती बालेर तोकिएको मार्ग घुमेर ठाउँ ठाउँमा बत्ती बाल्ने कर्मलाई उपाकु भनिने ठहिँटीका जयराम महर्जनले बताए।

 राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेकी छन्। जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

जात्राका क्रममा तीनै रथलाई आज तल्लो टोल र भोलि माथिल्लो टोल घुमाउने गरिन्छ। इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान छ।


Laxmi sunrise bank
kumari












































प्रकाशित: Sep 19, 2021| 17:18 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।