शुक्रबार, भदौ ५, २०८३

देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ। 

सरकार गठन भएको १८ दिन बितिसक्दा सम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सोही विाष्यमा छलफल गर्न दाहाल देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मन्त्रालयको बाँडफाँडसँगै सत्ता सञ्चालनका अन्य विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ। मन्त्रिपरिषद्मा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।

प्रकाशित: Jul 31, 2021| 13:15 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...