बार्सिलोना – बार्सिलोनाको जर्सीमा देखिने अन्सु फातीको एक कुरा सुनिश्चित भइसकेको कि उनी क्याम्प नाउका प्राथमिक खेलाडी बनिसके।
यी किशोरले २०१९/२० को सिजनमा बार्सिलोनाको पहिलो टिममा रहेरै सानदार सफलता हात पारे। आउँदो दिनमा च्याम्पियन्स लिगका साथ उनी टिममा आउनेछन्।
उनको प्रदर्शन देखेरै बार्सिलोनाले गएको वर्ष (सन् २०१९) मा सम्झौता नविकरण गरेको थियो। अब उनी जुन २०२२ सम्म क्याटलान क्लबमै रहनेछन्। त्यतिबेला उनले ‘रिलिज क्लज’ १७० मिलियन पुर्याउँदै सम्झौता नविकरण गरे।
तर पनि, क्याटलान क्लब यो ग्यारेन्टी गर्न चाहान्छ कि उसकै अघिबाट बार्सिलोनाकै एकेडेमीको गहना छिन्न कसैले सक्ने छैन। त्यसैले अब अन्सुको मूल्य कसैले छुनै नसक्ने बन्नेछ।
त्यसैले उसले फातीलाई क्लबमै बाँधि राख्नका लागि नयाँ सम्झौता (बम्पर डिल) का साथ खेलाडीको प्रतिनिधिसँग कुरा गरेको थियो। जसमा बार्सिलोनाले आफ्नो स्क्वाडको फिटिङ टिममा सहभागी गराइरहनका लागि उनको रिलिज क्लजलाई चार सय मिलियन यूरो पुर्याउने सोचसमेत बनाएको छ।
तर, त्यो मूल्यमा फातीलाई किन्न सक्ने सामथ्र्य कुनै क्लबले राख्ने छैनन्। जुन अन्य क्लबका लागि छुनै नसकिने मूल्य हुनेछ।
झन् कोरोनाको महामारीका कारण विथोलिएको फुटबल अर्थनीतिले क्लबलाई समस्यामा पारेको बेलामा त त्यो रकमा कुनै क्लबले तिर्न सक्ने छैनन्। तर बार्सिलोनाले उनलाई क्लबमै राख्ने इच्छाका कारण सो रकममा सम्झौता गर्नसक्ने बताइएको छ।
त्यसैले बार्सिलोना फातीसँगको छिटै नयाँ सम्झौता गर्न चहान्छ। उनीमाथि प्रिमियर क्लबले आँखा लगाइरहेको देखेको बार्सिलोना उनीसँगको पुरानो सम्भौताका कारण क्याम्प नाउबाट बिदा गर्नु नपरोस् भन्ने चाहन्छ।
यता फाती पनि सम्झौता नविकरणको पक्षमा छन्। फातीले २०१९ मा नविकरण गरेसँगै आउँदो दिनमा सम्झौता दोस्रो पटक नविकारणकै पक्षमा रहनेछन्। –मार्का