सोमबार, असार २२, २०८३

टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल

ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ।

खेल अब सवा ४ बाट अल अमरेत मैदानमा सुरु हुने छ। आजको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको छ।

आजको टिममा पछिल्लो खेलमा भन्दा गुल्सन झा र कुशल मल्ल आउट भएका छन्। उनीहरुको ठाउँमा आरिफ शेख र शरद भेषावकरले स्थान बनाएका छन्।

यो खेल प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले खेल्ने अन्तिम खेल हो।

पछिल्लो तीन खेलमा नेपालले ओमनसँग हार बेहोरेको छ। र, पछिल्लो खेलमा नेपालले अल अमरेत मैदानमा घरेलु टिमसँग ५ विकेटको हार बेहोरेको थियो। अब नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रने छ। जारी सिरिजको पछिल्लो खेलमा पनि नेपालले अमेरिकासँग ६ विकेटको हार बेहोरिसकेको छ। त्यसैले नेपाल अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्ने दाउमा हुनेछ।

नेपालले सिरिजका तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपालले अहिले आईसीसी विश्वकप लिग २ को सात खेलबाट ६ अंक बनाएको छ। नेपालले तीन खेलमा जित निकालेको हो।

ओमन २० अंकका साथ शीर्ष स्थानमा छ भने अमेरिका १४ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 19, 2021| 16:10 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।