शनिबार, असोज २४, २०८३

प्याब्सनको व्यवहारप्रति नेपाल टेलिकम असन्तुष्ट

निजी विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ। टेलिकमले आइतबार विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

निजी विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ। टेलिकमले आइतबार विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो ।

टेलिकमका अनुसार कोरोना भाइरस महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदानप्रदान गर्नका लागि वैशाखदेखि नेपाल टेलिकम र प्याव्सनबीच ई–शिक्षा प्याकेज दिने सम्बन्धि सहमति भएको थियो । तर, बीचमै प्याब्सनले नेपाल टेलिकमको नेटवर्कमा अनेक समस्या देखाएर जानकारी बिनै एनसेलसँग सम्झौता गरेको थियो। त्यसमै टेलिकमले असन्तुष्टि जनाएको हो ।

टेलिकम र प्याब्सनबीच विभिन्न समयमा हुने छलफलहरु सकारात्मक भएको भएपनि प्याब्सनले एक्कासी आएर कम्पनीमाथि अनेकन दोषारोपण गर्ने खालका शब्दावली सहितको परिपत्र जारी गरेकोप्रति कम्पनीको ध्यानाआकर्षण भएको विज्ञप्तिमा बताइएको छ ।

आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनीको असहमती रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न लकडाउनको समयमा बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको कम्पनीको दावी छ ।

अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५ सय रुपैयाँमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको कम्पनीले बताएको छ ।

प्याव्सनले टेलिकमले दिइरहेको प्याकेजमा नेटवर्क नआउने, इन्टरनेट ढिलो चल्ने लगायतका समस्या देखाएर एनसेलसँग सम्झौता गरेको छ ।प्याब्सनले  शिक्षक र विद्यार्थीहरुलाई एनसेलको सिमकार्ड प्रयोग गर्न र त्यसैको प्याकेज लिन भनेर आफ्नो वेवसाइटकमै एउटा सूचना राखेको थियो । तर, अहिले त्यो सूचना हटाइएको छ ।

प्रकाशित: Aug 03, 2020| 06:00 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्