काठमाडौं– ब्राजिलियन फुटबल लेजेन्ड इन्टेन्सिभ केयर युनिट (आईसीयू)बाट बाहिरिएका छन्। दुई हप्ता आइसीयूमा उपचार गराएपछि स्वास्थ्यमा सुधार भएकाले बुधबार उनलाई नर्मल बेडमा सारिएको ब्राजिलस्थित साउ पाउलो अल्बर्ट आइन्स्टाइन अस्पतालले जानकारी दिएको छ।
केही समयअघि ८० वर्षीय पेलेको ट्युमर निकाल्न शल्यक्रिया गरिएको थियो। उनी पछिल्लो पटक अगस्ट ३१ मा अस्पताल भर्ना गरिएको थियो। ‘मेरा साथीहरू मेरो स्वाथ्यमा राम्रो सुधार भइरहेको छ,’ पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले आज परिवार भेटेँ। म हरेक दिन मुस्कुराइरहेको छु। प्रेम र प्रार्थनाका लागि सबैलाई धन्यवाद।’
हिपको समस्याका कारण फेब्रुअरीमा पनि अस्पताल भर्ना गरिएको थियो। पेलेको सन् २०१५ मा प्रोटेस्टको शल्यक्रिया गरिएको थियो।
पिसाबको समस्याका कारण गत २०२० मा पनि अस्पताल भर्ना भएको उनी ब्राजिललाई तीन पटक विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पेले विश्वका सर्वकालीन उत्कृष्ट खेलाडी मानिन्छन्। ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेले टिमका मुख्य सदस्य थिए।
पेलेले आफ्नो २१ वर्षीय करिअरमा १३६३ खेलबाट १२८१ गोल गर्दै विश्व रेकर्ड राखेका छन्। उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। तीनपटक विश्वकपको उपाधि उचाल्ने पेले एक्ला खेलाडी हुन्।