बिहीबार, वैशाख ३१, २०८३

टेलिफिल्म 'सम्बन्ध' को छायांकन सुरु

लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ।

National life

केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा केहीले भने फिल्म तथा टेलिफिल्म निर्माणको काम पनि सुरु गरेका छन्। यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ को छायांकन शुरु भएको छ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदीप गिरी, सुरेश क्षेत्री तथा उग्रसेन ढुंगानाको अभिनय छ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन) को गायन छ।

रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन्। टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन्।

प्रकाशित: Aug 02, 2020| 13:45 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्