सोमबार, माघ ५, २०८२

आर्सनल नेपालको अध्यक्षमा नवीन चित्रकार

इंग्लिस प्रिमियर लिग (ईपीएल)को चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको सञ्चालक समिति अध्यक्षमा नवीन चित्रकार चयन भएका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)को चर्चित क्लब आर्सनलको नेपालमा रहेका समर्थकहरुको समूह आर्सनल नेपालको सञ्चालक समिति अध्यक्षमा नवीन चित्रकार चयन भएका छन्। आर्सनल नेपालको १२ औं वार्षिक साधारणसभाबाट चित्रकार नेतृत्वको सञ्चालक समिति चयन गरिएको हो। 

National life

समितिको उपाध्यक्षमा निरोज खतिवडा, सचिवमा सवि श्रेष्ठ तथा कोषाध्यक्षमा इन्जल भट्टराई रहेका छन्। यस्तै, सदस्यमा निरज कटवाल, राकेश सापकोटा, सन्तोष पोखरेल, तोरणप्रसाद पण्डित, एलिना शाह ठकुरी र सरिता खड्गी निर्विरोध चयन भएका हुन्।

आर्सनल नेपालले बेलायतस्थित क्लबबाट मान्यता पाएको आधिकारिक समर्थक समूह हो। गत २७ साउनमा स्थापनाको १२औं वार्षिकोत्सवका अवसरमा ‘आर्सनल डे’ मनाएको आर्सनल नेपाल नेपालको सबैभन्दा धेरै सदस्य भएको तथा सबैभन्दा पूराना समर्थक समूहमध्येको एक हो।

साधारणसभा कार्यक्रममा आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाल एवं आर्सनल झल्काउने टिसर्ट तथा क्याप वितरण गरेको थियो। साधारण सभामा चर्चित लोकगायक बद्री पंगेनीले प्रमुख आतिथ्यता गरेका थिए।

खेलकुदमा सक्रिय रहेका तथा फुटबलमा निकै रुची राख्ने गायक पंगेनी लामो समयदेखि आर्सनलका फ्यान हुन्। कार्यक्रममा उनलाई आर्सनल नेपालको मानार्थ सदस्यता पनि दिइएको थियो। सो अवसरमा अध्यक्ष नवीन चित्रकारले पंगेनीलाई आधिकारिक सदस्यता कार्डका साथै आर्सनल नेपालको आधिकारिक ‘मर्चेन्डाइज’ प्रदान गरेका थिए।

Laxmi sunrise bank
kumari

अध्यक्ष चित्रकारका अनुसार ४ हजारको हाराहारीमा साधारण सदस्य रहेको आर्सनल नेपालमा यसपटक ७०० जनाले आधिकारिक सदस्यता लिएका छन्।

प्रकाशित: Sep 19, 2021| 13:29 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।