बुधबार, फागुन २७, २०८२

साथीको हत्या गर्ने अर्बपति, वीस वर्षपछि खुल्यो राज

अमेरिकाको एक अदालतले एक अर्बपतिलाई २० वर्षअघि भएको उनको साथीको हत्याको दोषी ठहर गरेको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- अमेरिकाको एक अदालतले एक अर्बपतिलाई २० वर्षअघि भएको उनको साथीको हत्याको दोषी ठहर गरेको छ।

National life

लस एन्जल्सको एक आदतलले रबर्ट डस्र्टलाई २० वर्षअघि आफ्नो सबैभन्दा मिल्ने साथीको हत्याको दोषी ठहर्‍याएको हो।

यस घटनाले न्यूयोर्क राज्यमा नयाँ मोड लिएको थियो । डस्र्टको श्रीमती सन् १९८२ मा हराएपछि घटना शंकास्पद भएको थियो।

७८ वर्षीय डस्र्ट फैसला सुन्नको लागि अदालतमा उपस्थित भएका थिएनन् किनभने उनी जेलभित्र आइसोलेसनमा थिए। डस्र्ट कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका कारण संक्रमित भएका थिए।

अदालतले डस्र्टलाई दोषी ठहर गरेपछि १८ अक्टोबरमा सजाए सुनाउनेछ । उनी ह्वीलचियरबिना जेलबाहिर आउन नसक्ने अवस्थामा छन्।

Laxmi sunrise bank
kumari

उनले डिसेम्बर २००० मा सुसन बर्मनको हत्या लस एन्जिल्सकै घरमा गएर टाउकाको पछाडीपट्टीबाट गोली हानेर गरेका थिए। सुसन पुलिसलाइ डस्र्टकी श्रीमतीको हत्याको ढाकछोप गर्नको लागि कसरी मद्दत गरेको थिए भन्ने कुरा पुलिसका सामु भन्ने सुरमा थिए।

उनले बर्मनको शरीरलाई टुक्रा टुक्रा गरेर समुन्द्रमा फ्याँकेको कुरा स्वीकार गरेको थिए । बर्मन डस्र्टको लामो समयदेखि नै विश्वासपात्र रहेकी थिइन्। 

- आजतकबाट साभार

प्रकाशित: Sep 19, 2021| 10:22 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।