सोमबार, असार २२, २०८३

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमनको सामना गर्दै

ओमनमा जारी नेपाल ओमन अमेरिका आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- ओमनमा जारी नेपाल ओमन अमेरिका आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ।

आजको खेलमा नेपालले आयोजक राष्ट्र ओमनको सामना गर्नेछ। पछिल्लो तीन खेलमा नेपालल ओमनसँग हार बेहोरेको छ। र, पछिल्लो खेलमा नेपालले अल अमरेत मैदानमा घरेलु टिमसँग ५ विकेटको हार बेहोरेको थियो।

अब नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रने छ। जारी सिरिजको पछिल्लो खेलमा पनि नेपालले अमेरिकासँग ६ विकेटको हार बेहोरिसकेको छ। त्यसैले नेपाल अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने दाउमा हुनेछ।

नेपालले सिरिजका तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपाल अहिले आइसीसी विश्वकप लिग २ को सात खेलबाट नेपालको ६ अंक बनाएको छ। नेपालले तीन खेलमा जित निकालेको हो।

ओमन २० अंकका साथ शीर्ष स्थानमा छ भने अमेरिका १४ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 19, 2021| 10:13 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।