सोमबार, असार २२, २०८३

शीर्षस्थानमा पुग्न बोउकमविरुद्ध बायर्नको ७ गोल

बायर्न म्युनिखले जमर्न शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा बोउकमविरुद्ध सात गोल गरेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली भीएफएल बोउकमविरुद्ध ७–० गोलको सानदार जित निकालेको हो।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- बायर्न म्युनिखले जमर्न शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा बोउकमविरुद्ध सात गोल गरेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली भीएफएल बोउकमविरुद्ध ७–० गोलको सानदार जित निकालेको हो।

बायर्नको जितका लागि लेरोय सालेले गोल गरेपछि दुई गोल गरेका थिए। पहिलो गोल गरेका सानेले फ्रिकिकमार्फत् बोउकमको पोस्ट चुमाएका थिए।

सर्ज गन्याब्री, रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चुपोमोटिङले पनि गोल स्कोरसिटमा आफ्नो नाम लेखाएका थिए। यता पहिलो हाफको निर्धारित समय दुई मिनेट बाँकी रहँदा बोउकमका वासिलिस लामप्रोपोउलसले आफ्नै पोस्टमा गोल गरेका थिए।

यससँगै बायर्नले ७–० गोलको फराकिलो जित निकाल्यो। यो खेलका लागि बार्नले आफ्नो चौथो छनोटको ‘डार्क ग्रिन’ जर्सी प्रयोग गरेको थियो।

शनिबार रातिको जितसँगै बायर्नले यो सिजनका पाँच खेलबाट २० गोल गरिसकेको छ। उसले १३ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ। यसअघि ऊ १० अंकका साथ दोस्रो स्थानमा थियो।

उसले पाँच खेलमा औषत चार गोल गरेको छ भने अहिलेसम्म चार गोलको मात्र सामना गरेको छ। दोस्रो धेरै गोल गर्नेमा बोरिसिया डर्टमन्ड छ उसले १३ गोल गरेको छ।

प्रकाशित: Sep 19, 2021| 08:11 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।