शनिबार, कात्तिक २९, २०८२

गायक गोपालजंग थापाले ल्याए बेथितिविरुद्धको गीत

लोक दोहोरी गायक गोपालजंग थापाको ‘भत्ता पचाउन’ बोलको गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- लोक दोहोरी गायक गोपालजंग थापाको ‘भत्ता पचाउन’ बोलको गीत सार्वजनिक भएको छ।

National life

गायिका तृप्ती खड्का र गायक थापाको स्वरमा रहेको उक्त गीतमा देशमा मौलाइरहेको भ्रष्टाचार, बेथिती, सिमा मिचिएको विषयमा चोटिलो प्रहार गरिएको छ।

सीमाको रक्षा स्वाभिमानलाई गीतमार्फत् प्रस्तुत गरेका थापाले केही मिडिया हाउसले लकडाउनको बेला पत्रकारहरुलाई जागिरबाट निकालिएको तथ्यलाईसमेत उजागर गरेका छन्।

सञ्चारकर्मीसमेत रहेका गायक थापाको उक्त गीतमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालले अभिनय गरेका छन्।

कसैकसैलाई भत्ता पचाउन हतार हुँदा गरिबीको पीडामा बाँच्न बाध्य कयौँ नेपालीको चुलोमा आगो बल्न धौधौ भएको तितो यथार्थलाई गीतमार्फत उजागर गरेका छन्।

Laxmi sunrise bank
kumari

गीत मनोरञ्जनका लागि मात्र नभई जनजागरणका लागि पनि तयार पारेको उनले प्रतिक्रिया दिए।

थापाले नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका एल्बमहरु बजारमा ल्याइसकेका छन्।

 

प्रकाशित: Jul 30, 2020| 14:15 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्