इटालियन सिरी एअन्तर्गत हिजो राति सम्पन्न खेलमा लाजियोले ब्रेस्सियालाई २–० गोल अन्तरले हराएको छ। लाजियोको ओलम्पिको रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन जोक्विन कोर्रेया र सिरो इमोबाइलले गोल गरे।
खेलको १७ औं मिनेटमा गोल गर्दै कोर्रेयाले सुरुवाती अग्रता बनाएका थिए। उनको अग्रतासँगै पहिलो हाफमा लाजियो एक गोलले अघि रह्यो।
दोस्रो हाफको ८२ औं मिनेटमा पनि लाजियोले गोल थप्यो। यसपटक इमोबाइलले गोल गरे। इमोबाइलले हिजो रातिको खेलसँगै सिरी एमा ३५ गोल पुर्याएका छन्। उनी लिगको सर्वाधिक गोलकर्तासमेत हुन्।
जितसँगै लाजियो अंकतालिकाको चौथो स्थानमा छ भने क्यालिरी १३ औं स्थानमा छ।
मिलानको सहज जित
हिजो राति नै साम्दोरियाको लुगी फेर्रिस रंगशालामा सम्पन्न खेलमा एसी मिलानले घरेलु टिमलाई ४–१ गोल अन्तरले हराएको छ। जितका लागि जल्टान यब्राहिमोबिचले २ गोल साथै हकन काल्हनोग्लु र राफेल लियोले एक/एक गोल गरे।
इब्राहिमोबिचले खेलको चौथो मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाए। उनका गोलँगै मिलान पहिलो हाफमा एक गोलले अघि रह्यो।
दोस्रो हाफमा मिलानले तीन गोल थप्यो। जसमा काल्हनोग्लुले ५२ औं मिनेटमा गोल गरे भने इब्राहिमोबिचले ५८ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाए। तर, ८७ औं मिनेटमा गोल गरेर साम्पदोरियाका क्रिस्टोफर एस्किद्सेनले क्लबलाई खेलमा फर्काउन चाहे पनि सकेनन्।
बरु अतिरिक्त समयमा मिलानका लियोले गोल गर्दै ४–१ गोलअन्तरको जित निश्चित गरे।
जितसँगै ६३ अंक बनाएको मिलान छैटौं स्थानमा छ भने पराजित साम्दोरिया १५ औं स्थानमा छ।
अन्य खेलका नतिजा
भरोना ३–० स्पल
उडिनेस १–२ लिसे
ससौलो ५–० जिनोआ
फियारेन्टिना ४–० बोलोग्ना
टोरिनो २–३ रोमा
रिसी एमा अन्तिम चरणका खेल अगस्त १ बाट सुरु हुने छन्।